२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

नक्सा पास भएन भने अदालतमा पनि डोजर चल्छ : मेयर शाह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्रका अवैधानिक संरचना भत्काएरै छोड्ने बताएका छन् ।

बुधवार न्यूरोडमा रहेको आरबी कम्प्लेक्समा बनेका अवैध संरचना भत्काउने पुगेका शाहले महानगरभित्र बनेका सबै अनधिकृत संरचना हटाउने बताएका हुन् ।

सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गर्दै उनले नक्सा पास नगरी बनाएको पाइए काठमाडौँ जिल्ला अदालतले समेत त्यस्ता संरचना भत्काउने उनले बताए । उनले भने, ‘ठूलोलाई लाग्ने सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौँ। जिल्ला अदालतको नक्सा पास छैन, उहाँहरूको पनि नक्सा पास भएन भने त्यहाँ पनि त्यही हुन्छ ९डोजर चल्छ० ।’

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ३ : १८ बजे