श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज ९बुधबार० पनि बस्दैछ । २९ भदौ भित्र राणाविरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ ।

मंगलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार राणाले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ । समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोट्याएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । जसमा आजको बैठकमा थप छलफल हुनेछ । १ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले राणाका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ९ : ४२ बजे