श्रावण ११, २०८१ शुक्रबार Sat Jul 27 2024

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला



धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु भेटिएका छन् । गोदावरी नगरपालिका(१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिएका छन् ।
आज ९मंगलबार० नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताएका छन् । उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले जानकारी दिएका छन् ।

बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरु प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ ।

यता काठमाडौं उपत्यकामा भने आज पनि सामान्यरुपमा गाडीहरु चलिरहेका छन् । तर राजधानीका सडकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । काठमाडौंका विभिन्न स्थानका चोकहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ४० बजे