बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज ९मंगलबार० पनि बस्ने भएको छ । सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिए पछि आज फेरि बैठक बस्न लागेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै निष्कर्षमा पुगेको थिएन ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ । तर, सिट बाडफाँटको विषय भने अझै टुंगोमा पुग्न सकेको छैन ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ३९ बजे