बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

जापानका प्रधानमन्त्रीलाई कोभिड संक्रमण



टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड(१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।

खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो(ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ । जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : २५ बजे