असार २९, २०८१ शनिबार Sun Jul 14 2024

पार्टीका प्रतिनिधिसँग निर्वाचन सम्बन्धमा छलफल गर्दै आयोग



काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज ९सोमबार० छलफलका लागि बोलाएको छ । बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ८ : १६ बजे