बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

इन्द्रावती नदीले खेत कटान



काभ्रेपलाञ्चोक । इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ ।

मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो ।

स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धानखेत नदीले कटान गरी क्षति पु¥याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए । उनका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो । उक्त क्षेत्रमा नदीले खेत कटान समस्या केही वर्षदेखिकै रहेको नेपालले बताए ।

उक्त क्षेत्रमा गतसाल पनि आफ्नो खेत कटान गरेको स्थानीय शिक्षक पे्रमबहादुर लामाले बताए। अहिले उनको नारिमखर्कको चार रोपनी धान खेत नदीले कटान गरेको छ । माझीगाउँको पुल नजिक पनि नदीले खेत कटान गरेको लामाले जानकारी दिए ।रासस

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : १६ बजे