बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

प्रदीप गिरिको निधनमा उपराष्ट्रपतिद्वधारा शोक व्यक्त



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको उनले बताएका छन् ।

गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि पु¥याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने समेत उपराष्ट्रपतिले बताएका छन् ।

उपराष्ट्रपति पुनले दिवंगत गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : २४ बजे