बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

प्रदीप गिरिको आग्रह थियो, आफ्नो शरीर बस्तीपुरमै बिसाइदिन…



काठमाडौं । कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ । तर, गिरिले भने आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको उनका निकट स्रोतको भनाइ छ ।

४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका कांग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरिको सोही इच्छा रहेको बताएका छन् ।

गिरिसँग अझ पुरानो संगतमा रहेका कुमुदरन्जन बरालले भनाइ छ,, ‘प्रदीप दाइले पाकैडको रुखलाई हातले देखाउँदै भन्नुभएको थियो, म मरेपछि मलाई यही रुख छेउ जलाउनू। यसो भन्दा उहाँले भावुक भएर आँसु झार्नुभएको थियो ।’

पत्रकार किशोर नेपालले यसको पुष्टि गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा बस्तीपुरको शान्त बस्तीमा होस् । उहाँको यो इच्छा पूरा गर्न म सरकार र सम्बन्धितहरूसँग आग्रह गर्छु ।’

गिरिको परिवारसँग जोडिएका व्यक्तिहरूले काठमाडौंमा अन्त्येष्टि गर्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : २१ बजे