काठमाडौं । निर्वाचन आयोगले एक नम्बर प्रदेश र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रमबारे अघि नबढाउन स्पष्टीकरणसहित निर्देशन जारी गरेको छ । आज निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन गर्नेगरी मिति घोषणा गरिसेको अवस्थामा दुवै प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट खर्च गर्न लागेपछि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै ५ बुँदे स्पष्टिकरणसहित ३ बुँदे निर्देशन जारी गरेको छ ।
निर्वाचनको समय सुरु भइसकेकाले पार्टीमा एक अर्कामा असर पर्ने भएकाले निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै आयोगले विज्ञप्ती जारी गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विज्ञप्ती यस्तो छ :