चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

रामेछापमा बाढीले पाँच घर बगायो



रामेछाप।अबिरल बर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ।

अबिरल बर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन्।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ५२ बजे