बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

महिला साफको नयाँ तालिका बुधबार आउने



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई प्रतिबन्ध लगाएसँगै महिला साफ च्याम्पियनसिप प्रतियोगिताको तालिका परिवर्तन हुने निश्चित छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपको नयाँ तालिका अर्को बुधबार मात्रै सार्वजनिक गर्ने भएको छ । यदी फिफाको प्रतिबन्ध कायम रह्यो भने सेप्टेम्बर ५ देखि श्रीलंकामा हुने तय भएको साफ यु १७ परिवर्तन हुने साफले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

महिला साफ च्याम्पियनसिपको हकमा भने समूह र ढाँचा उस्तै रहने र ६ टिमलाई दुई समूहमा विभाजन गरिने साफको विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव र श्रीलंका फुटबल संघका अध्यक्षले प्रतियोगिताको तयारी राम्रो भएको र सरल ढंगले सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । साफ महिला च्याम्पियनसिप असोज ११ गतेदेखि दशरथ रंगशालामा हुने तय भइसकेको छ ।

यस्तै, साफले आफ्नो बार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । जसमा उमेर समूहको खेललाई प्राथमिकमा राखिएको छ ।

आगामी कार्यक्रमः
साफ यु२० महिला च्याम्पियनसिप –२०२३
साफ यु १७ महिला च्याम्पियनसिप–२०२३
साफ यु१९ च्याम्पियनसिप– २०२३
साफ यु १६ च्याम्पियनसिप –२०२३

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १० : ५९ बजे