चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

कम्पनिको आम्दानी नबढे कर्मचारी निकाल्ने गुगलको चेतावनी



काठमाडौँ । गुगलले आफ्ना सेल्स टिमका कर्मचारीहरूलाई निकाल्ने चेतावनी दिएको छ । गुगलले समग्र बिक्री उत्पादकत्व र आफ्नै उत्पादकत्वलाई ध्यानमा राख्दै अर्को त्रैमासिकको नतिजा राम्रो नआएमा निस्किन तयार हुन चेतावनी दिएको हो ।

गुगलका सीईओ सुन्दर पिचाईले हालै कम्पनीमा कर्मचारी धेरै भए पनि काम भने निकै कम भएको बताएका थिए । उनले कर्मचारीहरूलाई अझ राम्रो काम गर्न, आफ्ना उत्पादनहरू सुधार गर्न र ग्राहकहरूलाई मद्दत गर्नमा ध्यान दिन सल्लाह दिएका थिए । बिजनेश इनसाइडरले गुगलले कर्मचारीहरूलाई कामबाट निकाल्ने चेतावनी दिएको उल्लेख गरेको छ ।

रिपोर्टका अनुसार गुगलका केही शिर्ष अधिकारीहरूले कर्मचारीहरूलाई प्रदर्शन देखाउन वा अगाडि कडा निर्णयहरूको लागि तयार हुन आग्रह गरेका छन् । व्यवस्थापनले कर्मचारीलाई बर्खास्तीका लागि तयार रहन स्पष्टसँग आग्रह गरिरहेको छ । गुगलले अर्को त्रैमासिकको आय रिपोर्टको आधारमा यस बारेमा निर्णय लिने बताइएको छ ।

पछिल्लो त्रैमासिकमा गुगलको आम्दानि वृद्धि पछिल्लो दुई वर्षमा सबैभन्दा सुस्त थियो । प्राविधिक कम्पनीहरू लामो समयदेखि चुनौतिहरूसँग जुधिरहेका छन् र यही कारणले गर्दा यस वर्ष नास्डाक कम्पोजिट सूचकांक २६ प्रतिशतले घटेको छ ।

गत महिना, गुगलका सीईओ एरिक श्मिटले कर्मचारीहरूलाई उत्पादकता बढाउन र कसरी राम्रो नतिजाहरू छिटो प्राप्त गर्ने बारे सुझावहरू लिएका थिए ।

यसले एक महिना अघि जुलाईमा आफ्नो कार्यबलको समीक्षा गरेको थियो र दुई हप्ताको लागि नयाँ भर्ना समेत स्थगित गरेको थियो ।

सन् २०२२ र २०२३ मा कम्पनीको ध्यान इन्जिनियरिङ्, प्राविधिक विशेषज्ञ र महत्वपूर्ण पदमा कर्मचारी भर्नामा मात्र केन्द्रित रहेको सुन्दर पिचाईले बताएका छन् । २०२२ को पहिलो त्रैमासिकमा नै कम्पनीले कर्मचारी भर्नाको कोटा पूरा गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ४३ बजे