१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

टानको अध्यक्षमा बाँस्तोला बिजयी



काठमाडौं।पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल टानं को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।

गए राति सम्पन्न मतगणनाबाट आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्।

गए राती सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा निलहरि बास्तोलाले ६ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी कमल सापकोटाले २ सय ६४ मत ल्याएका छन् । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार बोधराज त्रिपाठीले ४४ मतमा सिमित हुन पुगेका थिए ।

यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १० : ४२ बजे