बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

सांसदहरु बैठकमा नबसेपछि सभामुख सापकोटाको आक्रोशित



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

संघीय संसद सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरुको अनुपस्थितिप्रति आक्रोश व्यक्त गरेका हुन् ।

पछिल्लो समय विधेयक पास गर्ने क्रममा गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको छ । आइतबार नै गणपूरक संख्या नपुगेर दुईपटक प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको थियो ।

संसदलाई जनतामा जोड्न निकै मिहेनत गर्नुपरेको स्मरण गराउँदै उनले तर, बैठकमा सांसद अनुपस्थित हुँदा विधेयक पारित गर्न समस्या भइरहेको बताए ।

संसदको गतिविधिलाई जनताले नियालिरहेको भन्दै उनले बैठकमा उपस्थित हुन पटक पटक घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेर विधेयक पास गर्न नसकिएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ०९ बजे