बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

बञ्चरेडाँडाका स्थानीयले स्थगित गरे आन्दोलन



काठमाडौँ । बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।

प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ ।

आइतबार दिउँसो बाख्रालाई ठक्कर दिएको भन्दै र तिनपिप्ले सडकखण्डमा फोहोर बोकेका ट्रकहरूले बाटोमै फोहोर फालेको निहुँमा अवरोध गरेका थिए । साथै धुनिवेशी–१ का नेपाली कांग्रेस सभापति पूर्ण सिंह तामाङ, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष विष्णु तामाङ र नेकपा ९एकीकृत समाजवादी०का भीषण धितालले नगर कार्यसमितिका अध्यक्ष तथा सभापतिलाई पत्राचार गर्दै फोहोर मैला सधैँका लागि बन्द गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ४८ बजे