बैशाख २६, २०८१ बुधबार Thu May 9 2024

सर्बोच्चमा आज भुवन केसी विरुद्धको रिटमाथी सुनुवाई हुने ।



काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको सरकारको निर्णय खारेजीको माग गर्दै दायर भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाको रिट सर्बोच्चमा परेको थियो ।

केसीमाथी अयोग्य र देर्वव्यवहारको मुद्धा रहेको भन्दै रिट परेको थियो ।

केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ३५ बजे