बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

गठबन्धन छँदैछ त्यसै चुनाव जितिन्छ भन्ने भ्रममा नपर्नुस् : प्रम देउवा



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् । आज (सोमबार) सानेपामा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रहेको बताएका हुन् ।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३३० सिट छन् । उनले आगामी निर्वाचनमा गठबन्धन कायम हुने बताए । उनले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर यो सफलता प्राप्त भयो, अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धनकै गरेरै अघि बढ्ने हो ।’ उनले गठबन्धन छँदैछ त्यसै निर्वाचन जितिन्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गरे ।

उनले जनताभन्दा ठूलो अरु कोही नभएकाले जनभावना अनुसार काम गर्नुपर्ने धारणा राखे। उनले भने, ‘जनताभन्दा ठूलो अरु कोही छैन । जनताको विश्वास लिन जनतामाझ जानुहोस् ।’ जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत निर्देशन दिए । उनले सिंहदरबारको अधिकार गाउँमा पुगि नसकेको बताए । देउवाले भने, ‘सिंहदरबार गाउँमा लिएर आयौं भन्छौं तर जनताले हामीले केहि पाएनौं भन्न थालिसकेका छन् ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ३३ बजे