बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

पूर्व कमलरीलाई लिएर शान्ता चौधरी बालुवाटारमा



काठमाडौं । सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयनको माग गर्दै पूर्व कमलरीले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएकी छन् ।

पूर्व कमलरी नेतृ एवं एमाले सचेतक समेत रहेकी शान्ता चौधरीले पूर्व कमलरीलाई लिएर आइतवार बालुवाटार गएकी हुन् ।

सरकार र कमलरीबीच भएको १० बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै पूर्व कमलरीहरूले प्रधानमन्त्री देउवालाई भेटेको चौधरीले जानकारी गराएकी छन् ।

भेटमा पूर्व कमलरीमाझ विगतमा भएको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : ३६ बजे