बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

सबैको साथ, सहयोग मिले काठमाडौं क्षेत्र नं. २ बाट संसदीय निर्वाचन जित्न मलाई कुनै गाह्रो छैन : कुन्तीदेवी पोखरेल



काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ९ पुरानो बानेश्वरस्थित , स्वछन्द पार्टी प्यालेसमा शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै आयोजक तथा राप्रपा पार्टीको केन्द्रिय सदस्य कुन्तीदेवी पोखरेलले आफू संसदीय चुनाव उठ्ने घोषणा गरेकी छन् । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव लड्ने उनले बताइन् ।

कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, पूर्र्व अध्यक्ष पशुपति शम्सेर जबरा, पूर्व अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णध्वजको उपस्थिति रहेको थियो । पोखरेले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेकोमा उनले यस्को बिरोध गरेकी छन ।

यस्तै हो भने तिन करोड नेपाली छ करोड हुन कति पनि समय नलाग्ने र केहि समय पछि हाम्रो कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्ने र केहि समयपछि नेपाल देशको पनि अस्तित्व नरहने विषय प्रति आपत्ति जनाएकि छन् । “त्यसैले म अगाडि बढेको छु, तपाइहरुको साथ सहयोग चाहिन्छ, तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा बिधिबाट म उम्मेदवारका रुपमा छानिय भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु” कुन्तीदेवी पोख्रेल भनिन् ।

हामो एजेन्डा राजा चाहिन्छ भन्ने विषयलाइ प्रचार प्रसार गरिदिएको भन्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवाद व्यक्त गरेकी थिईन पोखरेले । सबै नेतालाइ राप्रपाको एजेन्डा मन परेको उनको भनाइ छ । यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ राप्रपासँग गठबंधन गरेर दुई पार्टी मिलेर देश जोगाउन सहकार्य गरेर चुनाब लडन आग्रह गरेकि छन् ।

“जित पक्का छ भनेर मात्र हुदैन , घर घरमा एजेन्डा स्थापित गर्न जानुपर्छ , जनतालाई एजेन्डा बुझाउनु सक्नुपर्छ, एक भयर लाग्नु पर्छ” उनले भनिन् । महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको नाताले म क्षेत्र नम्बर २ मा संसदिय चुनाव उठन पाउ भनेर पार्टीलाइ पनि अनुरोध गरेकि छिन् ।

“काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदिय चुनाब जित्छ जित्छ , कुन्ति पोखरेल आउछ आउछ” भन्दै आफुले जित्ने आधार प्रस्तुत गरिन । वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्बत रुपमा सबैको सहमति भएर आयो भने म चुनाब जित्छु पोखरेलले भनिन् । यस्का साथै एता उता केही नगरि सबै साथीहरुलाइ आफुलाई साथ् सहयोग गर्न अनुरोध गरेकि छन् ।
सेयर गर्नुहोस्

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : १९ बजे