१६ जेष्ठ २०८३, शनिबार Sat May 30 2026

लागूऔषधसहित दुई जना प्रहरी फन्दामा



काठमाण्डौं । कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी नगरपालिका ९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी पक्राउ परेका हुन् ।

बेलौरी नगरपालिका ८ बाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिना नम्बरप्लेटको मोटरसाइकलमा सवार रहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीले जाँचबुझ गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ३० बजे