२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

टिकट कसले पायो त्यो कुरा छोड्नुस्, अब रुख चिन्ह जिताउन लाग्नुपर्छ : नेता कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई सुझाएका छन् ।

मंगलबार मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘टिकट कसले पायो, के ग¥यो ती कुरा छोड्नुस्, अब हामीले रुख चिन्हलाई विजयी गराउनतर्फ लाग्नुपर्छ ।’

कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने भन्दै नेता कोइरालाले निर्णय नमान्नेलाई कारबाही गरिने पनि बताउन भ्याए ।

सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागी उम्मेदवारहरुले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए। उनीहरुले सबै वडामा कांग्रेसको जीत सुनिश्चित रहेको जानकारी गराएका गराएका । आधिकारिक उम्मेदवारविरुदै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोडदार माग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङ, सचिव जितेन्द्र गोल्छा, महाधिवेशन प्रतिनिधि निरञ्जनप्रसाद रिजाल, क्षेत्र ६ ‘क’ का सभापति दीपक भगत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ४९ बजे