२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

आयोगद्वारा ६१ जिल्लामा मतपत्र ढुवानी सम्पन्न, नपुग छाप्ने तयारीमा



काठमाडौं । निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी सकेको छ। बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ। अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ।

अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुन ः मतपत्र छाप्ने आयोगको तयारी छ।

यसैबीच आयोगले काठमाडौं महानगरका लागि पनि मतपत्र छपाइ सकेको छ। तीन लाख मतपत्र छपाइ गरिएको हो। काठमाडौं महानगरमा ५६ दलले निर्वाचनमा भाग लिने भएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार पनि छन्। आयोगका अनुसार आजदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरको मतपत्र पनि छपाइ हुनेछ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : १५ बजे