चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

सिन्धुली, रामेछाप र दोलखामा मतपत्र आज लगिदैँ



काठमाडौं । निर्वाचन आयोगले आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्दैछ । जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको थियो भने आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र आज आयोगले ढुवानी गर्न लागेको हो ।

आयोगका अनुसार १७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामध्ये लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाई सकेको छ ।

मधेस प्रदेशका ८ जिल्लासहित बाग्मती प्रदेशका रसुवा, चितवन, काठमाडौं, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ भने कर्णाली र सुदुरपश्चिमका सबै जिल्ला तथा प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाईसकिएको आयोगले जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभावाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ०६ बजे