बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

टी–२० क्रिकेट–नेपाल र जिम्बाब्वे भिड्दै



काठमाडौं । जिम्बाब्वे ‘एु विरुद्धको तीन टी(२० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमा आज मैदान उत्रदा नेपाल प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग(२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाब्वेसँग तीन टी(२० र तीन एक दिवसीय शृंखला आयोजना गरेको हो ।

नेपालले चैत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दुई एक दिवसीय खेलको शृंखला २–० ले गुमाएको थियो । पिएनजी र मलेसियासम्मेलित त्रिकोणात्मक टी(२० खेलको शृंखला भने नेपालले जितेको थियो । त्यसैले नेपाल आफ्नो जित यात्रा कायम राख्न चाहन्छ ।

नेपालले शनिबार जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला टी२० शृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो ।

खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।

क्यानले शनिबार मात्र ट्वान्टी(२० शृंखलाका लागि सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ०९ बजे