जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

कांग्रसेले सार्वजनिक गर्‍यो देशैभरको आमसभा कार्यतालिका



काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

आमसभा हुने स्थान र मिति
मोरङ — २०७९ वैशाख २१ गते
धनुषा — २०७९ वैशाख २२ गते
काठमाडौं — २०७९ वैशाख २३ गते
कास्की — २०७९ वैशाख २४ गते
रुपन्देही — २०७९ वैशाख २५ गते
सुर्खेत — २०७९ वैशाख २६ गते
कैलाली — २०७९ वैशाख २७ गते

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ५ : ०४ बजे