श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

लागु औंषध अफिम सहित एक महिला पक्राउ



वीरगंज । शसस्त्र प्रहरी १३ नं गण पर्साबाट खटेको डिउटी टोलीले एक महिलालाई ३ किलो अफिम सहित नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरीको टोलीले नेपालबाट भारततर्फ गईरहेकी एक महिलालाई वीरगंज महानगरपालिका वडा नं १७ भेडियाही आसपासबाट ६ ओटा पोकामा रहेको ५०० ग्रामका दरले ३ किलो अफिम सहित नियन्त्रणमा लिएको शसस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ बस्ने सुरेश रामकी श्रीमती वर्ष ४० की रिना देवी रहेको शसस्त्र प्रहरीले जनाएको छ । अफिम सहित पक्राउ परेकी महिलालाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५८ बजे