बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

शिव र आनीको यहि हो मेरा देश



काठमाडौं । गायक शिव परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत राष्ट्रिय भावको गीत ‘यहि हो मेरो देश’ सार्वजनिक भएको छ । 

गीतकार धर्मेन्द्र खड्काको रचना रहेको यस गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन गरेका छन् ।  होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट रेशम गदाल हुन् ।

गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ । गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ ।

गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् । राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । भिडियोलाई योगेश दाहालले छायाँकन र सम्पादन गरेका हुन् ।

गीतकार धर्मेन्द्रले यसअघि ख्यातीप्राप्त गायक, गायिका तथा संगीतकारहरुको सहकार्य गर्दै ‘उद्गार’ नामको एल्बम सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : १९ बजे