बैशाख २३, २०८१ आइतबार Sun May 5 2024

कांग्रेसले व्यास र म्याग्देको प्रमुख दोहोर्‍याउने



तनहुँ । नेपाली कांग्रेसले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख दोहोर्‍याउने भएको छ । व्यासको मेयरमा फेरि वैकुण्ठ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपमेयरमा भने फेरिएकी छन् । कांग्रेसले व्यासको उपमेयरमा इन्दिरा दरैलाई उम्मेद्वार बनाएको छ ।

यस्तै म्याग्दे गाउँपालिकाको अध्यक्ष मायादेवी राना नै दोहोरिने भएकी छन् । उपाध्यक्षमा सुभद्रा घिमिरेले टिकट पाएकी छन् ।

भानु नगरपालिकाको मेयरको टिकट आनन्दराज त्रिपाठीले पाएका छन् । उनी विद्यार्थी नेता हुन् । यस्तै शुक्लागण्डकी नगरपालिकामा व्यवसायी कृष्णराज पण्डितले टिकट पाएका छन् । शुक्लागण्डकीमा कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गर्नेछ । उपमेयर माओवादी केन्द्रलाई दिनेछ । माओवादीबाट उपमेयरमा खुमबहादुर विक (राजु) को नाम चर्चामा छ । तालमेल गर्ने सहमति भए पनि वडामा सहमति हुन सकिरहेको छैन ।

जिल्लामा अझै पनि ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र उम्मेद्वार टुंगो लगाउन सकिरहेको अवस्था छैन । उम्मेद्वार छनोटमा विवाद हुँदा मनोनयन दर्ताका लागी डेढ घण्टा मात्र बाँकी रहँदा कहिँ पनि ठुला दलका उम्मेद्वारले मनोनयन दर्ता गराएका छैनन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ०० बजे