चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

मन्त्रलाई सेन्सरको युनिभर्सल सर्टिफिकेट



काठमाडौं । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ ।

यही बैशाख १६ गतेबाट प्रदर्शनमा आउने चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको हो । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्रले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ ।

परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि।गुरुङको सम्पादन छ ।

‘मन्त्र’ मौलिक नेपाली चलचित्र बनेको बताउँदै दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ४ : ४८ बजे