काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना विद्यालय प्रवेशमा रोक लगाएको छ । विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर शिक्षा विभागले सबै विद्यालयमा पत्राचार गरेर विभागको पूर्वस्वीकृति विना कसैलाई पनि प्रवेश नगराउन भनेको हो । विद्यालयमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानवअधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा…