काठमाडौं । छायानाथ रारा नगरपालिका-१० र ११ नम्बर वडाका १० वटा बस्तीमा बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन्। नगरपालिकाको-१० र ११ वडाको १० बस्तीमा बिजुली पुगेसँगै नगरपालिका भित्रका ८२ बस्तीमा बिजुली पुगेको छ। वडा नम्बर १४ को सुम्ली, १२ को लुम्स, कम्फा, बालचौर र भड्डाँडीमा बिजुली पुग्न बाँकी छ।
बिजुली पुगेपछि घर भित्रको वातावरण तथा विद्यार्थीहरूको पढाइमा समेत राहत हुने छायाँनाथ र रारा-१० घट्टलेखका पूर्ण सेजुवालले बताए। नगरप्रमुख विष्णु कुमार भामले बुधबार दुवै वडामा रहेका विद्युतका स्विच अन गरेर उद्घाटन गरेका थिए। रासस