पुस २५, २०८१ बिहिबार Thu Jan 9 2025

मधेशमा जाडो बढेसङ्गै सिरहाका स्थानीय तहले विद्यालय बन्द गरेका छ्न



काठमाडौं । तराई/मधेशमा शीतलहर र जाडो बढेसँगै सिरहाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । जिल्लाका ७ वटा स्थानीय तहले अहिलेसम्म बिदा दिइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका अनुसार मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, लक्ष्मीपुरपतारी गाउँपालिका, विष्नुपुर गाउँपालिका र अर्नामा गाउँपालिकाले बिदा दिएका छन् । ती स्थानीय तहहरूले माघ १ गतेसम्मका लागि बिदा दिएको हो ।

शीतलहर र जाडोका कारण जनजीवन प्रभावित हुन थालेपछि बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको स्थानीय तहहरूले जनाएका छन् । रासस

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ४९ बजे