बर्दघाट । अहिले मौसम एकदमै चिसो । चिसोका कारण जनजीवन प्रभावित समेत भएको छ । यस्तो अवस्थामा चिसोबाट जोगिन न्यानो कपडाको आवश्यकता पर्दछ । यही न्यानो कपडा नपाएका कारण कति गरीव जनताहरु कठ्याङ्ग्रिएिर बस्नुपरेको छ । यस्तो अवस्थामा मनकारी व्यक्तित्वका धनी संविधानसभा सदस्य सिन्धु जलेसाको मन पग्लियिो । उनले गरीब तथा विपन्न घरपरिवारका ब्यीक्तहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् । चिसोका कारण थप समस्या हुन सक्ने भएकाले विपन्न परिवारका लागि सानो ब्लाङकेट लगायतका कपडाहरु सहयोग गरेको जलेसाले बताईन ।
चियोका कारण विपन्न परिवारहरुका सदस्यहरु विरामी हुन सक्ने भएकाले उनीहरुलाई सानैभएपनि सहयोग गरेको जलेसाले बताएकी हुन् । बर्दघाट नगरको दक्षिणी क्षेत्रका चौधरी समुदायमा गएर लुगा नभएका र किन्न नसक्नेलाई बढी लाभ हुनेगरी वितरण गरीएको जलेसाले बताइन ।
आफुले न्यानो कपडा वितरण गर्ने क्षेत्र पुग्दा अझैपनि लुगा नभएकाले पराल ओछ्याएर सुत्ने र बढी जसो समय पराल ,भुषा र गुईठाको आगो बालेर बाहिर आगनमा बस्ने गरेको भेटिएको जलेसाले बताईन ।
ति कहालीलाग्दो अवस्था अवस्थालाई देखेर आफ्नो मन भक्कानिएका कारण आफूले सहयोग गरेको पनि जलेसाले बताईन ।