काठमाडौं । जहिल्यै चर्चामा रहिरहने पालिका हो काठमाडौं महानगर। कहिले के कहिले के कारणले ! पछिल्लो समय अर्कै कारण छ – त्यो हो मेयर नै बिना जानकारी कार्यालय आउन छोड्नुले ।
महानगरपालिकाका मेयर बालेन्द्र साह केही दिनदेखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेकै बेला निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेतले आज(सोमबार) राजीनामा पत्र बुझाएका छन् । शर्माको राजीनामासँगै महानगर नीतिगत, शिक्षा र प्रशासनिक गरी सबै किसिमको सेवाबाट च्युट हुन पुगेको छ ।
निमित्त प्रशासकीय प्रमुखको समेत जिम्मेवारीमा रहेका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले सोमबारदेखि लागू हुनेगरी किन राजिनामा दिए ? यही विषयले अहिले महानगरभित्रै खैलाबैला मच्चिएको छ ।
मेयरको सचिवालयका सदस्यहरूले आर्थिक विनियमावली तथा कानूनविपरीतका काममा हस्ताक्षर गर्न दबाब दिन थालेपछि शर्माले अख्तियारको फन्दामा पर्ने डरले जागिरबाटै राजीनामा दिएको निकट स्रोतले बताएको छ ।
पछिल्लो समय प्रत्येक वडा अध्यक्षलाई ६० लाख पर्ने विलासी गाडी दिने गरेका मेयर बालेनले जनताको राजस्वमाथि ब्रहम्लुट मच्चाउनमा उनकै अग्रसरता नभएको हो र भन्ने प्रतिप्रश्न उठ्न थालेको छ।