पुस २३, २०८१ मंगलबार Wed Jan 8 2025

बेनी नगरपालिका मेयरकै असहयोगपछि काठमाडौं–बेनी रुटमा चल्दै आएको साझा यातायात बन्द भएको छ



काठमाडौं ।गत शनिबार नगरपालिकाका नगर प्रहरीले साझा यातायातको काउन्टरमा ताला लगाएपछि बन्द भएको हो। बसपार्कमा काउन्टर सार्न भनेको, तर त्यहाँ पनि सटर उपलब्ध नगराएको र आफूहरूले सञ्चालन गरेको काउन्टरमा नगरपालिकाले ताला लगाएपछि सेवा बन्द गर्नुपरेको साझा यातायातका म्याग्दी प्रतिनिधि भीमबहादुर श्रेष्ठले बताए। साझाले बेनी– ८ स्थित क्याम्पसचोकमा काउन्टर राख्दै आएको थियो ।

बेनी नगरपालिकाका मेयर सुरत केसी आफैँ कोरला यातायातका सञ्चालक हुन्। साझाका कारण अन्य यातायातको व्यवसाय कम भएको भन्दै निरन्तर अवरोध हुँदै आएको आरोप लागेको छ । यसमा नगरपालिकाकै मिलेमतोको आशंका गरिएको छ

साझाले बेनी–काठमाडौं रुटमा एक हजार एक सय रुपैयाँमा सेवा दिँदै आएको छ भने अन्यले एक हजार पाँच सय रुपैयाँ लिने गरेका छन्। साझा यातायात बन्द भएपछि स्थानीय नगरपालिकासँग आक्रोशित बनेका छन्।  नयाँ पत्रीका साभार

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ४ : २६ बजे