काठमाडौं । पुस १६ मा काठाडौं महानगर पालिकाले विषयगत शिक्षकको तालिम २१ गते आइतबारदेखि गर्ने सूचना निकाल्यो । तर सूचना ढिलो निकालेको भनेर शिक्षकहरूले तालिम नलिने निर्णय गरे । जसका कारण महानगरले गर्न लागेको तालिम अनिश्चतसँगै महानगर र शिक्षकबीच दूरी बढेको छ
१८ गतेबाट जाडो बिदा भएकाले तालिममा सहभागी हुन नसकिने शिक्षकहरूको भनाइ छ । ‘जाडो बिदा भएकाले १७ गते नै शिक्षकहरू घर जानुभयो। जाडो बिदामा नगर्नुहोस् भनेको हो । एसईई सकिएपछि गर्न महानगरलाई भनेका छौँ,’ नेपाल शिक्षक महासंघ काठमडौं महानगरपालिका अध्यक्ष राजेन्द्र अधिकारीले भने ।
अधिकांश विद्यालयका प्रधानाध्यापकको बैठक बसेर शिक्षकलाई तालिममा नपठाउने निर्णय गरेको अधिकारीले बताए । ‘प्रधानाध्यापकहरूको बैठकले तालिम स्थगन गर्न भनेको छ । हेडसरहरूले शिक्षकलाई तालिममा पठाउनु भएको छैन,’ उनले भने ।