पुस २३, २०८१ मंगलबार Wed Jan 8 2025

एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ



अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ

चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ,’ उनले भने । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ । साथै दोस्रो स्थानमा रहेको भारतको कोलकातको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्यूआई दुई सय ३८ छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १ : ३४ बजे