काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेस–नेकपा एमालेले संविधान संशोधन गर्ने भएपछि मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन्
त्यसका लागि विभिन्न दलसँग वार्ता गर्न पार्टीहरूले धमाधम समिति गठन गर्न थालेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
जनता प्रगतिशील पार्टीले गठन गरेको वार्ता समितिले एक चरण सबै पार्टीसँग संवाद गरिसकेको छ । त्यो संवादपछि सबै दलहरूले आ–आफ्नो पार्टीमा वार्ता समिति गठन गरिरहेका छन् । वार्ता र संवादपछि केही दिनमै सहकार्यका लागि मोर्चाको घोषणा हुने बताइएको छ