असार ८, २०८१ शुक्रबार Sat Jun 22 2024

घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी



विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ उपप्रमुख : काठमाडौं महानगर

काठमाडौं । घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी कार्यक्रम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, चौतारीमा सरोकारवाला पक्ष बसेर गरिएको छलफल, न्यायमा जित र हारको होइन, दुवै पक्षको लाभमा केन्द्रीत हुने बताउनुभयो ।

‘न्यायमा हारेर कसैले पीडा बोध गर्नु नपरोस् । झगडाका कारण समय र सम्पत्ति खर्च गर्नु नपरोस् । विवादमा अल्झिएर जीवन समस्यामा नपरोस्, भनेर हामीले न्यायलाई नागरिकको आँगनमै पुर्‍याउन कार्यक्रम आयोजना गरिएको हो ।’ उहाँले भन्नुभयो, ‘आदर्श समाजको कल्पना गरौँ । जहाँ विवाद नै नहोस् । विवाद भएर अड्डा अदालत जानुभन्दा हाम्रा प्रचलित सामाजिक व्यवस्थाअनुरुप समाधान गरौँ । यसैमा सबैको भलो छ ।’

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ९ : ५५ बजे