बुटवल उपमहानगरको फरक चर्चा
काठमाडौं । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् ।
महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार नगरे सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेर पटक–पटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् ।
महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार नगरे सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेर पटक–पटक जबरजस्ती करणी गर्नुका साथै करिब ५ करोड रकम समेत लगेको पीडितको दाबी छ ।
बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय गुरुङ पक्राउ परेपनि प्रहरी हिरासतमा नभई उपचारको लागि भन्दै भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् ।
एकल महिलालाई जबरजस्ती करणी गर्ने गुरुङ लुम्बिनी विकास कोषका सल्लाहकार समेत भएका थिए ।