जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली कलाकारहरुको बेजोड प्रस्तुति



काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ ।

क रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना गरिएको सो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालसहित विश्वका ७ राष्ट्र र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखी १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रका प्रतियोगीहरु सहभागी थिए ।

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला ९रामचन्द्र० को नेतृत्वमा गएको उक्त टोलीमा ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, जोगेन्द्र केसीको नृत्य निर्देशन र रामबहादुर भुजेलको संगीत संयोजन रहेको थियो । मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरब काली, धिमाल, कुमारी, लाखे, सोरठीलगायतका भाकामा दर्जनौ नृत्यहरू प्रस्तुत गरिएका हुन् ।

स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरब कालीबाट र समापन नेपाली चरिया नृत्य कुमारीबाट गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ३ : ५५ बजे