जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

‘द मिसेस नेशनल’को उपाधि अनिता यादवलाई



काठमाडौं । विवाहित महिलाबीच ललितपुरमा सम्पन्न ‘द मिसेस नेशनल २०२३’को ताज अनिता यादवले पहिरिएकी छन् । क्रिजोना मिडिया गु्रप प्रालिद्वारा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छाड्दै अनिता ‘द मिसेस नेशनल–२०२३’को उपाधि जित्न सफल भएकी हुन् । यस्तै, अनिताले ‘भ्युअर्स च्वाईस अवार्ड’ पनि हात पारिन् ।

लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनरअपका साथै वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनरअपका साथ मस्ट ट्यालेन्टेड भए ।

यस प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसिप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्टवाक टाइटल उपाधि विजेता बने ।

प्रतियोगितामा मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनिता चौलागाइँ र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्था क्रिजोना मिडियाका पबवन्ध निर्देशक तथा कोरियोग्राफी लभिन अन्सारीले विवाहित महिलालाई स्वावलम्बी बन्न प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ११ : ५१ बजे