जेष्ठ २६, २०८० शुक्रबार Fri Jun 9 2023

भारतमा आगामी साता अत्यधिक गर्मीको चेतावनी



काठमाडौं।भारतमा आगामी साता सात वटा राज्यमा अत्यधिक गर्मी हुने चेतावनी दिंदै सावधानी अपनाउन आग्रह गरिएको छ।

भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

यी राज्यहरुमा तातो हावा चल्नुका साथै वातावरण अत्यधिक तातो रहने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विभागका अनुसार आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

यी राज्यहरुमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने पूर्वानुमान गरिएको छ । चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि चिसो पेय पदार्थको खपत बढाएसँगै यस्ता वस्तुको पदार्थको माग धान्नै मुस्किल परेको जनाइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : १४ बजे