काठमाडौं । प्रभु बैंक लिमिटेड र दराज केमुबीच व्यवसायि समझदारी भएको छ । यी दुई कम्पनीबीच भिसा कार्डबाहक ग्राहकहरूले नव वर्ष उत्सव २०८० मा दराज केमु प्रालिबाट सामान खरिद गर्दा अधिकतम १ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्ने समझदारी भएको हो ।
प्रभु बैंक र दराज केमु प्रालिबीच उक्त छुट दिने सम्बन्धी सम्झौतामा संयुृक्त हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्डमार्फत् प्रिपेमेन्टमा ८ प्रतिशत अथवा अधिकतम ७५० रुपैयाँ बराबरको छुट प्राप्त गर्ने छन् । त्यसैगरी क्रेडिट कार्डमार्फत् १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट पाउने जारी विज्ञप्तिमा जनाइएको छ ।