श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विषवमन गरिरहेका छन् : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको बताएकी छन् । आज बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विषवमन गरिरहेको बताइन् ।

राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि ‘डेलिभरी’ मा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विषवमन गर्ने ठाउँ भेटिएको उनको भनाइ छ । उनले यी विषयले राजनीतिक दलहरू आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उल्लेख गरिन् ।

‘संसदमा जात्रा सुन्दै छौँ । आज व्यवस्था र संविधान अनि बलिदानीमाथि विषवमन भइरहेको छ । यो पुनरुत्थानवाद हो । यो किन भयो भने राजनीतिक दलले सही ढंगले काम गरेनन् । त्यसले जनमत स्वीन गराएको हो । हामी आत्तिनु पर्दैन । तर, काम गरेर परिवर्तन दिनुपर्‍यो’, उनले भनिन् । उनले लोकतान्त्रिक संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् । लोकतान्त्रिक प्रणालीभित्र संवादको विषयवस्तु बढिरहेको उनले बताइन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : १० बजे