फाल्गुन १०, २०८० बिहिबार Thu Feb 22 2024

विप्लवले बुधबार जमलस्थित नाचघरमा पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले बुधबार दिउँसो १ बजे काठमाडौंको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

विप्लवले पत्रकार सम्मेलनमार्फत पछिल्लो बन्दी रिहा, मुद्दा फिर्ताको विषय र पछिल्लो राजनीतिक घटनाक्रका विषयमा जानकारी दिने बताइएको छ ।

सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने छन् । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १२ : ३६ बजे