श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

निर्वाचनमा अन्तरघात गर्ने सुर्यमुखी एवं अर्थमुखी कांग्रेसलाई सभापति लामाले दिए क्षमादान



दोलखा । नेपाली कांग्रेस दोलखा जिल्ला सभापति वर्मा लामाले पार्टीको जिम्मेवारीलाई मनन् गर्दै अन्तरघात गर्ने पार्टीको उम्मेदवारलाई असयोग गर्ने सुर्यमुखी एवं अर्थमुखी केहि असयोगी कांग्रेससमेतलाई नेपाली कांग्रेस दोलखाले क्षमादान गर्ने विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै लामाले अविस्मरणय घटनालाई विस्मृतीमा राखेर ठुलो छाती बनाएर पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरेका छन् । लामाले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तरर्घात भएतापनि गठबन्धन दलका उम्मेदवारहरु ३ सिट मध्ये २ सिट जित्न सफल भएको बताएका छन् । लामाले २८ बर्षपछिको सफल परिणाम भएको बताए ।

लामाले कांग्रेस दोस्रो स्थान भएतापनि यसले हामीलाई गोरवको स्थान दिएको भन्दै दोलखा जिल्लामा अहिलेको समानुपातिक मतपरिणामलाई मध्यनजर गर्दा नेपाली कांग्रेसले २७,००७ मतसहित दोस्रो स्थानमा रहेको बताए ।

यी सबै परिस्थिति मुल्याङ्कन गरी आगामी दिनमा अब्बल र पहिलो पार्टी बनाउन लामाले सबै कार्यकर्तालाई एक भएर अगाडी बढ्न आवश्यक रहेको बताएका छन् । लामाले शुवर्ण अवसर पार्टीले गुमाउनु पर्दा आफूलाई दुःख लागेको बताए । लामाले सबै सार्थीहरुलाई आगामी यात्रामा पार्टीको नीतिनिर्देशन बमोजिम लामबघ हुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १ : ५२ बजे