श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कांग्रेस नेताहरुले गरे पूर्वगभर्नर जबराप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौं । दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, सुनिलबहादुर थापा, प्रकाशमान सिंह लगायतका नेताहरुले जबराको बबरमहलस्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर जबराको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी पार्किन्सन्युस र युरिया उच्च देखिएका कारण स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित जबरा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ३१ बजे