बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

अयोध्यामा निर्मांणाधिन राम मन्दिरमा मूर्ति निर्माण गर्नका लागि नेपालद्वारा सालिगग्राम देवशीला हस्तान्तरण



काठमाडौं । नेपालको कालिगण्डकी नदीमा पाइने सालिगग्राम देवशीला भारतको उत्तरप्रदेशमा पर्ने अयोध्याको राम जन्मभूमि तीर्थस्थलमा हस्तान्तरण गरिएको छ । उक्त सालिगग्राम देवशीला भारत उत्तरप्रदेशको अयोध्यामा निर्मांणाधिन राम मन्दिरमा मूर्ति निर्माण गर्नका लागि अयोध्या लगिएको हो ।

कालीगण्डकी नदीबाट उत्खनन् गरी निकालिएको उक्त शिलाबाट भगवान् बिस्णुको अबतार रामको बाल्यकालदेखिको मूर्ति निर्माण गरिने अभियन्ता सन्दिप रानाले बताए । शिलायात्राका क्रममा भारतको गोरखपुरदेखि अयोध्या सम्मका विभिन्न ठाउँमा हजारौ श्रदालु भक्तजनहरुले दर्शन एवं सम्मान व्यक्त गरेका थिए ।

नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधिका रुपमा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र जानकी मन्दिरका मुख्य महन्त राम तपेस्वर दास द्वारा अयोध्या स्थित राम जन्म भूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख चम्पत रायलाई सो देवशीला हस्तान्तरण गरेका थिए ।

यस देवशिलाको आदान प्रदान पछि नेपाल र भारतको धार्मिक, सास्कृतिक एवम भाईचाराको सम्वन्धलाई थप प्रगाढ हुने धार्मिक जानकारहरु बताउछन । देवशिला एउटा छब्बीस टन र अर्को चौध टन गरि चालीस टनको शिला अयोध्या पु¥याइएको हो ।

त्रेता युगमा माता जानकी र भगवान् रामको बिबहाले नेपाल भारतको सम्बन्ध प्रगाढ बन्दै गएको र यस देवशिलाबाट मूर्तिमार्फत् झनै सम्बन्धलाई बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : ४९ बजे